झापा/ झापामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ झापाको झापा गाउँपालिका–७ मदरगाछमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३५ वर्षीय सन्त गणेशले ३८ वर्षीया महिलालाई मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्दै पीडितले भदौ २५ गते जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी हुन्।
जाहेरीपछि प्रहरी चौकी शरणामतिबाट खटिएको टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।