प्रधानमन्त्री राहत कोषमा दमकका मारवाडीले पठाए सहयोग

Author Nishkarsha News
२०८३ भाद्र २५, बिहीबार १९:२०

दमक/  झापाको दमकमा रहेका मारवाडी समुदायका अगुवाहरुले मारवाडी सेवा समिति दमक मार्फत प्रधानमन्त्री राहत कोषमा २ लाख ३५ हजार रुपैयाँ सहयोग रकम जम्मा गरेका छन् । सेवा समितिले भोटेकोशीका बाढी पीडितहरूका लागि राहत सहयोग प्रदान गरेका हुन् ।
प्रधानमन्त्री राहत कोषको बैङ्क खातामा समितिका तर्फबाट सो रकम बिहीबार जम्मा गरिएको हो । समितिले मारवाडी सेवा सदनमा संक्षिप्त कार्यक्रम मार्फत सो बारेमा सार्वजनिक जानकारी गराएको छ ।
सो कार्यक्रममा राष्ट्रिय मारवाडी परिषद केन्द्रीय सदस्य राजेन्द्र कुमार अग्रवाल मारवाडी सेवा समितिका अध्यक्ष सन्दिप साहेवाला , सचिव नवीन कुमार अग्रवाल , सहसचिव पङ्कज अग्रवाल , सल्लाहकार सदस्य गौतम गुप्ता , केशव अग्रवाल, पूर्व अध्यक्ष दिनेश अग्रवाल मारवाडी महिला मञ्चकी अध्यक्ष प्रिती साहेवाला मधु गुप्ता , सचिव निधि अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्