झापा/ महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा झापामा ९० वर्षमाथिका अग्रज लोकतन्त्र सेनानीहरूलाई सम्मान गरिएको छ ।
गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान, गौरादह ९ बैगुन्धुराको आयोजनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि सुरेश सुब्बाको प्रमुख आतिथ्यमा सम्मान गरिएको हो । सो अवसरमा सुब्बाले अग्रजहरूको त्याग र संघर्ष नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए ।
उनले लोकतान्त्रिक मूल्य र वीपीको विचारलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति उत्तम चम्लागाईंले अग्रजहरूको योगदानको सम्मान गर्दै उहाँहरूको अनुभव र इतिहासलाई भावी पुस्तासम्म पुरयाउनुपर्ने बताए ।
आज सम्मानित हुनेहरुमा कमलका ९३ वर्षीय खड्गबहादुर ढुंगाना, शिवसताक्षीका ९३ वर्षीय देउकुमार राई, बिर्तामोडका ९१ वर्षीय डिल्ली सिटौला र ९६ वर्षीय कृष्णबहादुर दाहाल रहनु भएको छ । यस्तै, कनकाई ५ तुलसीबारीस्थित वि.पी. कोइरालाको शालिकमा माल्यार्पणसमेत गरिएको थियो ।
वीपी जयन्तीमा लोकतन्त्रका सेनानीहरुलाई घरघर पुगेर सम्मान
Nishkarsha News
२०८३ भाद्र २४, बुधबार २०:०५