दमक जेसीजको जेसीज सप्ताह समापन

Author Nishkarsha News
२०८३ भाद्र २१, आईतवार २१:५०

दमक/ दमकस्थित दमक जेसीज वर्ष २०२६ को जेसीज सप्ताह अन्तर्गत बिबिध कार्यक्रमह सञ्चालन गरिएका छन् । सप्ताह अन्तर्गत आज आइतबार दमक क्षेत्र भित्रका विद्यालयका चालक र सहचालकहरुलाई बिद्यालय यातायात सुरक्षा जागरूकता तालिमसहित सप्ताहको समापन गरिएको छ ।  सप्ताहको समापन कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले जेसीजले समुदायमा गर्दै आएको योगदानको प्रशंसा गरे । उनले सामाजिक सेवाका क्षेत्रमा हरेक संघ संस्थाहरुसँग स्थानीय सरकारले सहकार्य गरेर संगै अघि बढ्न चाहेको पनि उल्लेख गरे ।

दमक जेसीजका कानुनी सल्लाहकार विशाल अधिकारीका अनुसार अन्तर्गत जेसीज सप्ताह अन्तर्गत पब्लिक स्पिकिङग तालिम, सामुदायिक विद्यालयका विद्यार्थीहरूको दुर्घटना बीमा, पब्लिक लाइब्रेरी निर्माण, ओपन ब्याडमिन्टन टुर्नामेन्ट, रेफ्रिजरेटर हस्तान्तरण, पिउने पानी तथा मोहि वितरण श्रीकृष्ण रथयात्रा दमकमा स्वयंसेवक परिचालन कार्यक्रमहरू आयोजना गरिएको थियो ।

सप्ताहको समापन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं , दमक जेसीज बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गन्जबहादुर दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) , दमक जेसीजका पूर्व अध्यक्षहरू सञ्जीव बराल, कमल कटुवाल, नरेन्द्र बराल, सुयोग खरेल, निवर्तमान अध्यक्ष सहदेव भट्टराई, सिनेटर राजकुमार भट्टराई, सीता कार्की लगायतको पनि आतिथ्यता रहेको थियो । समापन कार्यक्रम संयोजक धर्म ढुंगाना रहेका थिए ।
समापनका अवसरमा सप्ताह कार्यक्रम सञ्चालनमा सहयोग पुरयाउने व्यक्ति तथा संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुलाई धन्यवादसहित मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्