धरमपुर सहकारीको अध्यक्षमा संकरसहित सबै निर्विरोध

Author Nishkarsha News
२०८३ भाद्र १९, शुक्रबार १८:०७

दमक/ झापा शिवसताक्षी १ धरमपुरमा कार्यालय स्थापना गरि सञ्चालन हुँदै आएको धरमपुर बचत तथा ऋण सहकारीको अध्यक्षमा कुमार शंकर निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै अन्य पदाधिकारी र लेखा सुपरीवेक्षण समितिमा पनि निर्विरोध निर्वाचित भएका छन्
संस्थाको छैटौँ कार्यकालका लागि अध्यक्षमा कुमार शंकर सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा चन्द्र कुमार खड्का, सचिवमा नारद मणि रिमाल र कोषाध्यक्षमा चक्रबहादुर माझी चयन भएका छन् ।
सञ्चालक समितिका सदस्यहरूमा याम कुमार गुरुङ, काजीमान बुढाथोकी, सावित्रा ढकाल, रूपा लिम्बू र विमला कार्की निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मी प्रसाद बजगाँईं तथा सदस्यमा प्रेम प्रसाद पोखरेल र उमा कटुवाल सर्वसम्मत चयन भएका संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिए । संस्थाको १७ औ बार्षिक साधारण सभा आइतबार धरमपुर चौकमा हुनेछ । नवनिर्वाचित संचालक समिती र लेखा सुपरिवेक्षण समितिको सपथ ग्रहण समेत सोही दिन हुनेछ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्