दमक/ भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका बाढी पीडितहरुको राहत , उद्धार तथा पुननिर्माणका लागि झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष रवि न्यौपाने केसीका अनुसार संस्थाले १५ भाद्रमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा रहेको बैंक खातामा दमक खानेपानीको तर्फबाट सो रकम जम्मा गरिएको हो । दमक खानेपानीले बाढी पीडित घाईतेहरुको शीघ्र उद्धार र स्वास्थ्य लाभको कामनासहित ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै सो राहत रकम प्रदान गरेको हो ।
दमक खानेपानीले दियो पाँच लाख पचपन्न हजार राहत
Nishkarsha News
२०८३ भाद्र १७, बुधबार २०:२६