शिवसताक्षी/ जेष्ठ नागरिक शिवसताक्षी नगरको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन भदौ १४ गते आइतबारका दिन सम्पन्न भएको छ । अधिवेशन को बन्द सत्रबाट आगामी ३ वर्षीय कार्यकालका लागि १६ सदस्य नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन्।
निर्वाचित समितिको अध्यक्षमा पुन अम्बिका प्रसाद अधिकारी निर्वाचित भएका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरपति पाठक उपाध्यक्षमा खडानन्द घिमिरे सचिवमा अमृत कटवाल सहसचिव पूर्ण बस्नेत र कोषाध्यक्षमा मित्र प्रसाद थापा सर्वसम्मत चयन भएका हुन् ।
कार्य समितिको सदस्यहरु भने प्रत्येक वडाको वडा अधिवेशनबाट चुनिएका छन्।
अन्य पाँच सदस्य नगर समितिले विभिन्न क्षेत्र ,जातजाति, वर्ग तथा भूगोललाई समेटेर चयन गरिने बताइएको छ ।
शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा जेष्ठ नागरिक जिल्ला समितिका सल्लाहकार तारासम यङया जेष्ठ नागरिक वडा नं १० का अध्यक्ष सोम ध्वाज कार्की जयश्वर आङदेम्बे पदमप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगर समितिका अध्यक्ष अम्बिका प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नरपति पाठकले स्वागत गरेका थिए भने सञ्चालन सचिव देवीप्रसाद दंगालले गरेका थिए । अधिवेशनका अवसरमा प्रत्येक वडाबाट एक÷एक जना जेष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी संस्थापक अध्यक्ष पदम प्रसाद ज बेगुलाई मरणोपरान्तसम्मान गरिएको थियो ।
जेष्ठ चौतारी को सभाहल शिव शताक्षी ११ दुधेमा सम्पन्न अधिवेशनमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । बन्द सत्रले ति प्रतिवेदनलाई केही सुझाव सहित पारित गरेको थियो ।