दमक/ झापाको दमक–७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलमा अनलाइन सुरक्षा, डिजिटल साक्षरता तथा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको Surf Smart 2.0 कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
प्रज्वल श्रेष्ठको सहजीकरणमा सञ्चालन भएको कार्यक्रमको आयोजना तथा समन्वय हिमालय रोभर रेन्जर स्काउट क्रिउले गरेको हो । प्रशिक्षणमा कुल ४७ जना स्काउट सदस्यको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूलाई अन्तरक्रियात्मक सत्र तथा व्यवहारिक अभ्यासमार्फत अनलाइन सुरक्षा, जिम्मेवार कृत्रिम बुद्धिमत्ताको आधारभूत ज्ञान, डिजिटल साक्षरता र साइबर सुरक्षाका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो ।
प्रशिक्षणले सहभागी स्काउट सदस्यहरूलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सचेत प्रयोगका लागि आवश्यक व्यवहारिक ज्ञान तथा सीप विकास गर्न सहयोग पुगेको इष्टर्न स्टारका संस्थापक निर्देशक लक्षुदास (एलडी) राईले विश्वास व्यक्त गरे ।