दमक/ केही दिनदेखि शुल्क वृद्धिकाे विरुद्ध आन्दाेलन गरिरहेका दमक बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले आज क्याम्पस मा तालाबन्दी गरेका छन् । आन्दोलनरत विद्यार्थीहरूले आज क्याम्पस परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्दै क्याम्पस प्रमुखको कार्यालय र प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।
विद्यार्थीहरूले बढाइएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलनलाई थप सशक्त बनाएका हुन् । शुल्क वृद्धिले विद्यार्थी तथा अभिभावकमाथि आर्थिक भार थपिएको भन्दै उनीहरूले निर्णय पुनर्विचार गर्न क्याम्पस प्रशासनसँग माग गरेका छन्।
माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने विद्यार्थीहरूको भनाइ छ। हाल क्याम्पस परिसरमा शान्तिपूर्ण रूपमा आन्दोलन जारी रहेको छ।