इटहरी/ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटिको दोश्रो सम्मेलन सम्पन्न भएको छ ।
संगठनकी केन्द्रिय अध्यक्ष टुकाभद्र हमालको प्रमुख उपस्थितीमा आइतबार इटहरीमा सम्पन्न सम्मेलनले सिर्जना राईको अध्यक्षतामा ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ । सम्मेलनबाट सर्बसम्मत निर्बाचित उपाध्यक्षद्धयमा सरला राई र पुस्पकला भुजेल , सचिबमा दुर्गा काफ्ले , उपसचिबमा सिर्जना नेपाली र कोषाध्यक्षमा.हेमकुमारी चौहान रहेका छन् ।