दमक/ नेकपा एमाले भित्र झापाको दमक नगरपालिकाको प्रमुख/उपप्रमुख पदका सम्भावित उम्मेदवारका रुपमा केही पुरानै र केही नयाँ अनुहार समेत चर्चामा आएका छन् । अघिल्लो चुनावमा संयुक्त गठबन्धनसँग कडा चुनावी मुकाबिला गरेर आफूलाई सशक्त उम्मेदवारका रुपमा प्रस्तुत गरेकी महिला नेतृ एवं पूर्व प्राध्यापक गीता अधिकारीसहित पाँच जना सम्भवित मेयर/ उपमेयरका उम्मेदवारहरुको नामका बिषयमा पार्टी भित्र र बाहिर समेत बहस हुन थालेको छ ।
राष्टिय योजना आयोगको सदस्य समेत भइसकेकी नेतृ अधिकारीको मेयर पदमा उम्मेदवारीबारे पार्टी भित्र र बाहिर समेत चर्चा भइरहेको छ ।
योग्य र सम्भावित महिला नेतृत्वका रुपमा अधिकारीको उम्मेदवारी आउन सक्ने अनुमान छ ।
स्थानीयस्तरमा एमाले भित्र नेतृ अधिकारीलाई साझा उम्मेदवारका रुपमा हेरिँदै आएको भए पनि उनले उम्मेदवारीको चाहनाबारे अहिले सम्म सार्वजनिक रुपमा केही भनेकी छैनन् ।
नेतृ अधिकारीको बिकल्पका रुपमा नगर प्रमुख/उपप्रमुख पदहरुमा यहाँ एमाले भित्र नयाँ अनुहारको पनि चर्चा भइरहेको छ ।
महिला नेतृ तथा अनेमसंघ झापाकी अध्यक्ष लिला दाहाल, पार्टी केन्द्रिय सदस्य तथा युवा नेता इन्द्र भण्डारी, प्रदेश कमिटी सदस्य सुशिल राई, दुई पटक वडाध्यक्ष पद जितेर पार्टीको संसदीय अभ्यासमा आफूलाई सफल र अनुभवी नेतृत्वका रुपमा स्थापित गराएका नबिन बराल , पहिलो पटक वडाध्यक्ष पदमा जितेर आफूलाई सक्षम र सबल वडाध्यक्षका रुपमा वडा भित्र स्थापित गराएका धर्मप्रसाद दाहाल (दिपेश) , पार्टीका वर्तमान नगर कमिटी अध्यक्ष राम पौडेल लगायतको नाम एमाले भित्र सम्भावित मेयर/ उपमेयरका उम्मेदवारका रुपमा आउन सक्ने देखिन्छ ।
दमकमा एमाले भित्र मेयर उपमेयरका सम्भावित उम्मेदवार को को ?
Nishkarsha News
२०८३ भाद्र ७, आईतवार ११:१०