दमक/झापासहित प्रदेश १ का विभिन्न जिल्लामा भएका अलग अलग प्रकृतिका घट्नामा चार जनाको मृत्यु भएको छ ।

झापाको दमक र कन्काई नगरपालिका, भोजपुर र ओखलढुंगामा भएका ति घट्नामा एक नाबालकसहित चार जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दमक १ स्थित हिमावि स्कुल नजिकैका किरण थापाको २ बर्षिय छोरा आयुष थापाको माछापोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार पोखरीमा डुबिरहेको अवस्थामा उनलाई आफन्तले फेला पारेपछि अस्पताल तर्फ लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
त्यसैगरी झापाको कन्काई नगरपालिका ४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम नजिकै ट्रक र कारसंग मोटरसाईकल ठक्कर खाँदा एक जनाको मृत्यु मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिमबाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको मे १च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङको अमरदह नगरपालिका–२ का २३ बर्षिय किशन शाह गम्भिर घाईते भएका थिए । उनलाई उपचारको क्रममा विर्तामोडमा मृत्यु भएको हो । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जलेर बृद्धको मृत्यु
ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका वडा नं ८ भुसिङगाका ८५बर्षिय लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।
जुनार सर्किएर मृत्यु
भोजपुरको षडानन्दनगरपालिका १२ सुनखानीमा जुनार सर्किएर १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे स्थानिय ताराराईको बारीबाट जुनार टिपेर खानेक्रममा सोही नगरपालिका १२ दाइजोरका ५० बर्षिय मानबहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यु भएको हो ।