दमक/ पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष गोविन्द निरौला (राजु) ले आफ्नो जन्मदिन सामुदायिक बिद्यार्थीहरुलाई बिद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेर मनाएका छन् । सहकारीसँगै सञ्चार कर्ममा समेत जोडिएका युवा सामाजिक व्यक्तित्व निरौलाले झापाको कमल गाउँपालिका वडा नम्बर ५ को सिम्लेस्थित शहीद रत्न आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामाग्रीहरु प्रदान गरेर जन्मदिन मनाएका हुन् ।
पहिलो पाइला नेपाल दमक शाखाको आयोजनामा मंगलबार बिद्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा कलश साकोसका अध्यक्ष समेत रहेका पहिलो पाइला नेपालका सल्लाहकार महेश घिमिरे समेतले बिद्यार्थीहरुलाई आवश्यक शैक्षिक सहयोग गरेका हुन् ।
पहिलो पाइला नेपाल दमक शाखाले ग्रामिण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक विकासमा सानै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष निरौलाले प्रतिक्रिया दिए ।
शहीद रत्न आधारभूत विद्यालय ब्यबस्थापन समिती अध्यक्ष देबिवीर राईको अध्यक्षतामा र प्रधानाध्यापक कुबेर पाण्डेले सञ्चालनमा भएको कार्यक्रममा निरौलालाई जन्मोत्सव विशेष मायाको चिनोसहित शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लवराज खड्का, सचिव पूजा दाहाल, कोषाध्यक्ष विनोद अधिकारी, सोनु चौधरी, जि.पी.पोखरेल, सञ्जु शिवाकोटी, निशा अधिकारी, देबु गर्ताैला, सक्षम पौडेल, रक्षा पाण्डे गौरादह शाखा सचिब प्रदिप धमला, जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गौतम लगायत शाखाका पदाधिकारी तथा सदस्यहरू र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, विद्यालयका कार्यरत शिक्षक तथा शिक्षिकाहरु र अभिभावकहरुको उपस्थिति थियो ।