झापा/ झापाको झापा गाउँपालिका–४ हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ बाटो काट्दै गरेका साइकलयात्री झापा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय इशनलाल गणेशलाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । साँझ सवा ५ बजेतिर बालुवा बोकेको ना५ख ६४९० नम्बरको टिपरले गणेशलाई ठक्कर दिएको थियो ।
टिपर चालक झापा गाउँपालिका–३ कामटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।