दमक/ नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष ठाकुरले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै उनले परिषद्को नेतृत्व सम्हालेका हुन्।
परिषद्को अध्यक्ष छनोट प्रक्रियामा डा. ठाकुरसहित विभिन्न उम्मेदवारहरू अन्तर्वार्ता तथा प्रस्तुतिका लागि छनोट भएका थिए।
नेपाल आयुर्वेद चिकित्सा परिषद् आयुर्वेद चिकित्सा, चिकित्सक, शिक्षण संस्था तथा सम्बन्धित जनशक्तिको नियमन र व्यवस्थापन गर्ने स्वायत्त नियामक निकाय हो। डा. ठाकुरले केही समय अघि लखनपुर प्रादेशिक आयुर्वेद अस्पतालको प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । उनी आयुर्वेद चिकित्सा क्षेत्रमा अनुभवी र परिचित व्यक्तित्व हुन् ।
ठाकुरको नेतृत्वसँगै आयुर्वेद चिकित्सा क्षेत्रको नियमन, चिकित्सक दर्ता तथा लाइसेन्सिङ, शिक्षा र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।