नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि केन्द्रीय कार्यालय सानेपामा जारी छ।
सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेशमा स्वागत छ भन्दै आजको बैठक सुरूवात गरेका छन्।
‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभ कामनासहित स्वदेशमा स्वागत गर्दछु,’ सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकमा भनेका कुरा उद्धृत गर्दै एक केन्द्रिय सदस्यले भने ।
देउवा ५ महिनापछि आज स्वदेश फर्केका छन्। उनी गत फागुनमा सिंगापुर गएका थिए। सिंगापुरका अस्पतालमा उपचार गराएर थप उपचार गर्न उनी हङकङ पनि गएका थिए । भदौ २४ गते देउवा निवासमा आगजनी र देउवा दम्पतीमाथि कुटपिट भएको थियो। देउवाले स्वदेश फर्केपछि कांग्रेसभित्र देखिएका असहमति तुरून्त समाधान हुनुपर्ने भन्दै अपिल जारी गरेका थिए।