दमक/ झापाको दमक–२ बाट २९ वर्षीय सन्तोष थापा लागूऔषधसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा प्रहरीले उनको कोठामा खानतलासी गर्दा ६ ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, डिजिटल तराजु र नगद १४ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ। थापामाथि इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमकमा लागूऔषधसहित युवक पक्राउ
Nishkarsha News
२०८३ श्रावण २७, बुधबार १०:५४