दमक/ शान्ती सुरक्षामा होटल व्यवसायी र प्रहरीबीच हुन सहकार्यका बिषयमा आज झापाको दमकमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
होटल ब्यवसायी संघ दमक र इलाका प्रहरि कार्यलय दमकबीच भएको छलफलमा प्रहरीले होटल तथा लजहरुमा बिद्यालय , कलेज पोशाकका बिद्यार्थीहरुको सुरक्षा संवेदनशीलताको बिषय प्राथमिकतापूवर्क उठेको बताइएको छ ।
प्रहरीले शान्ति सुरक्षामा जतिबेला र जस्तोसुकै अबस्थामा पनि सेवा प्रबाह गर्ने र ब्यबसायीहरुले आफ्नो ब्यबसायलाइ सुरक्षित र मर्यादित बनाइ राख्न सीसी क्यामराको व्यवस्था गर्ने र होटलमा आएका पाहुनाको पुर्ण अभिलेख राख्ने कुरामा सहमति भएको थियो ।
साथै अत्यावसक बाहेक तोकिएको समय भन्दा बढी ब्यवसाय सञ्चालन गर्दा हुन सक्ने जोखिमलाई ध्यान दिने, बिद्यार्थीलाइ आफ्नो होटलमा नास्ता र खाना बाहेक धुम्रपान मध्यपानसँगै कोठा उपलब्ध गराइएको पाइएमा त्यसको जिम्मेवारी होटल संचालकले लिनुपर्ने कुरामा पनि सहमति गरिएको छलफलमा सहभागी होटल व्यवसायी महासंघका सचिव भुपेन्द्र न्यौपानेले जानकारी दिए ।
बिना सुचना कसैको होटलमा गएर अनाबश्यक चेक जाँचका नाममा व्यवसायी तथा पाहुनाहरुलाई हैरानी नदिने बिषयमा पनि सहमति भएको छ ।
कानुनले बर्जित गरेका कुनैपनि कृयाकलाप नगर्न सबैलाइ सुझाउने र पुनः त्यस्तो कृयाकलाप भएको पाइएमा कानुनी कारवाहीमा जाने बिषयमा प्रहरी र व्यवसायीहरुबीच समझदारी भएको छ ।
छलफलमा लागुऔषध नियन्त्रण गर्न प्रहरीले कडाइँसाथ कदम चाल्ने र त्यसमा समुदायका सच्चा नागरिकको हैसियतले हरेक व्यवसायी र आम नागरिकले सकारात्मक सहयोग गर्नुपर्ने निष्कर्ष पनि निकालिएको छ ।
इजाजत लिए अनुसारको मात्र ब्यवसाय गर्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बिषयमा पनि छलफल भएको छ । छलफलमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत र प्रहरी निरीक्षक प्रमोद खड्का थिए भने व्यवसायी संघको तर्फबाट संघका दमक अध्यक्ष, योगराज दंगाल, उपाध्यक्ष डुका कुमाल, महासचिब भुपेन्द्र नेउपाने, सचिब रमेश दहाल सहित कार्यसमिति सदस्यहरु सहभागी थिए ।