दमक/ टिभीएस ब्राण्डको नया विद्युतीय स्कुटर ‘अर्बिटर’ दमकमा पहिलो पटक सार्वजनिक गरिएको छ । ‘अलवेज अन’ उपनाम दिइएको सो स्कुटर एकपटक पुरा चार्ज गरेपछि १ सय ५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने टिभीएसको दाबी छ ।
यो स्कुटर गत साउन ७ गते जगदम्बा मोटर्सले नेपालमै पहिलो पटक लञ्च गरेको थियो । दमकमा भने दमक–५ स्थित दुर्गा इन्टरप्राइजेजमा आइतबार संक्षिप्त कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।
सो स्कुटर ४ घण्टा १० मिनेटमा पुरा चार्ज हुने बताइएको छ । कम्पनीले स्कुटरमा ५ वर्ष तथा ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको सार्वजनिक गर्न आयोजित कार्यक्रममा जनाइयो ।
दुर्गा इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गा बस्नेत, जगदम्बा मोटर्सका रिजनल म्यानेजर अमृत चौहान, ईभीका रिजनल म्यानेजर अर्जुन खनाल लगायतले संयुक्त रूपमा सो स्कुटर सार्वजनिक गरे ।
दुर्गा इन्टरप्राइजेजले अर्बिटर स्कुटरमा एक्सचेन्ज अफरसमेत ल्याएको छ । कम्पनीका अनुसार जुनसुकै पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ स्कुटर खरिद गर्न सकिनेछ ।
अर्बिटरको बिक्री मूल्य २ लाख ८१ हजार ९ सय रुपैया रहेको बताइएको छ । कम्पनीले निश्चीत अवधि सम्म एक्सचेन्ज अफर सञ्चालन गर्ने दुर्गा इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गा बस्नेतले जनाए । अपरेशन म्यानेजर बालचन्द्र कार्कीले सो कार्यक्रमको सञ्चालन गरेका थिए ।
टिभीएसको विद्युतीय स्कुटर ‘अर्बिटर’ दमकमा सार्वजनिक
Nishkarsha News
२०८३ श्रावण २४, आईतवार २१:४८