दमक/झापा दमक ६ की हिमा निरौलाको जन्मदिनको अवसर पारेर बृद्धबृद्धाहरुलाई न्यानो कपडा र खाद्यन्न सहयोग प्रदान गरिएको छ ।

निरौलाले आज परेको जन्मदिनको अवसरमा दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्धाश्रममा पुगेर त्यहाँ विभिन्न कारणले परिवारबाट टाढा भएका असहाय बृद्धबृद्धाहरुलाई दिवा भोजन गराउनुका साथै विविध खाद्यन्न र न्यानो कपडाहरु प्रदान गर्नुभएको हो ।


हिमाको जन्मदिनको खुशीयालीमा नै सकुन्तला तुम्बाम्फेले पनि आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई विभिन्न सामाग्री सहयोग स्वरुप प्रदान गर्नुभएको थियो । ति सामाग्री सो आश्रममा बृद्धबृद्धाकी सहयोगीका रुपमा रहनु भएकी अर्चु सुनुवाँरलाई हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box