३६ औं बार्षिकोत्सव मनाउँदै दमक उवासंघ

Author Nishkarsha News
२०८३ श्रावण १७, आईतवार १७:२६

दमक/  दमकस्थित दमक उद्योग वाणिज्य संघको ३६ औं बार्षिकोत्सव तथा स्थापना दिवसको अवसर पारेर अन्तर वस्तुगत फुटसल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
संघका अनुसार भाद्र ४ देखि ६ गते (तीन दिन सम्म) यस पटक अलग अलग दुई बिधाका खेलकुद कार्यक्रम सञ्चालन हुनेछन् ।

ति प्रतियोगिता अलग अलग स्थानमा सञ्चालन हुने र सहभागिताका लागि उद्योग वाणिज्य संघ अन्तर्गतका बस्तुगत संघहरुलाई सुचित गरिएको संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए । व्यवसायीहरुबीच आपसी मित्रता र सदभावलाई बढाउन यस किसिमका खेलकुद प्रतियोगिताहरुले विशेष महत्व राख्ने संघले विश्वास लिएको छ । प्रतियोगितामा सहभागिता जनाउने व्यवसायी समुहहरुले श्रावण २५ गते सम्ममा संघको कार्यालयमा नाम दर्ता गराउनु पर्ने व्यवस्था गरिएको संघका कार्यालय प्रमुख निरोज विष्टले जानकारी दिए ।
पछिल्ला केही बर्षयता संघले हरेक बर्ष भाद्र ६ गते पर्ने बार्षिकोत्सवको अवसरमा व्यवसायीहरुबीच यस किसिमका खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संघले बार्षिकोत्सव कार्यक्रमका बिषयमा थप विवरण छिट्टै औपचारिक सूचना मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्