सेकुवा कर्नरबाटबाट लागुऔषधसहित पक्राउ

Author Nishkarsha News
२०८३ श्रावण १६, शनिबार १६:५६

झापा/ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन्।

एस फुल सेकुवा कर्नरमा रहेका दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथमा रहेको रातो रङको प्लास्टिकको बोराभित्रबाट १०२.३१० ग्राम (एक सय दुई ग्राम तीन सय दश मिलिग्राम) खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७,२०० वटा TRAMADOL क्याप्सुल र ७,४५० वटा NITZASCEN ट्याब्लेट बरामद गरिएको हो।
साथै उनीहरूको साथबाट दुई थान एन्ड्रोइड मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्