विर्तामोडमा बिहानै आगलागी, तीन घर जलेर खरानी

Author Nishkarsha News
२०८३ श्रावण १४, बिहीबार ०८:५८

बिर्तामोड/  झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडस्थित एक घरबाट सुरु भएको आगलागीमा तीन वटा घर पूर्णरूपमा जलेका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान करिब ४ः१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको थियो ।

बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो बिहान ५ः४० बजे पूर्ण रूपमा निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

सो आगलागी विद्युत् सर्ट का कारण भएको हुन सक्ने बुझिएको छ।
आगलागीबाट गणेश पोखरेलको टिनको छानो भएको काठको दुईतले घर, तारा आर्यालको एकतले घर र सुन्दर राजवंशीको एकतले घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
यस्तै, भरत पोखरेलको एकतले घरमा आंशिक क्षति पुगेको छ भने सारदा राजवंशीको दुईतले पक्की घर र दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्