दमक/ दमक–काठमाडौं सरोकार समाजको नयाँ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको कार्यकारी अध्यक्षमा प्रज्ज्वल कार्की चयन भएका छन्।
चौथो अधिबेशनले समितिको उपाध्यक्षमा ज्योति केसी, कोषाध्यक्षमा गीता कोइराला भट्टराई, महासचिवमा युवराज खत्री तथा सचिवमा जगदीश आचार्यलाई चयन गरेको जनाइएको छ ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा सिसम बजगाई, सिमा सिंह, श्वेता घिमिरे, विजय पोखरेल, सूर्य विक, विवेक भट्टराई, राजेश प्रसाई र विश्वराज अधिकारी रहेका छन्।् । नयाँ कार्यसमितिले समाजलाई थप सक्रिय र प्रभावकारी बनाउँदै दमक र काठमाडौंबीचको सामाजिक सम्बन्धलाई सुदृढ बनाउन काम गर्ने अपेक्षा गरिएको छ ।