ईलाम/ ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडा स्थित एक होमस्टेमा आगोलागी हुदा २६ लाख बराबरको नोक्सान भएको छ ।

आज बिहान पौने १० बजे को मानबिर तामाङको दुईतल्ले घरमा सञ्चालित फ्याफुल्ला होमस्टेमा बिद्युत सट भई अचानक आगोलागी हुदा सो बराबरको नोक्सान भएको हो ।
आगोलागीबाट घर भित्र रहेका चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा र अन्य सामानहरु पुर्ण रुपमा जले नष्ट भएको प्रहरीले जनाएको ।

Facebook Comments Box