दमक/ भुसुना र मच्छडको माध्यमबाट एक अर्कामा सर्ने डेंगु, औलो लगायतका महामारीबाट जोगाउन दमक नगरपालिकाले किटनाशक बिषादी छर्किन शुरु गरेको छ । नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा किटनाशक बिषादी छर्किने टोली वडातहमा परिचालन गरेको हो ।


नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार पहिलो चरणमा स्प्रे ट्याङकी बोकेर १५ जना प्राविधिक टोली टोल टोलमा प्रवेश गरेका छन् । दमकको सघन बसोबास रहेका वडाहरु वडा नं ५, ६ , ७ र ८ मा परिचालन भएको टोलीले घर घरमा पुगेर मच्छड तथा भुसुना मार्ने औषधी डेल्ट्रा मेथ्रिन छर्किनेछन् ।

आज नगरपालिका परिसरमा आयोजित सक्षिंप्त कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेले स्प्रे गरेर सो कार्यक्रमको शुरुवात गर्नुभयो ।
सो अवसरमा जनस्वास्थ्य कार्यालयका वेदप्रसाद घिमिरे, जिवन चौलागाइँ लगायतले सो किटनाशक बिषादी फगिङ ( धुँवा उडाएर छर्किने ) बिषादी भन्दा स्वास्थ्यमा कम जोखिम हुने किसिमको बिषादी भएको बताउनु भयो ।

 

Facebook Comments Box