लखनपुर/ झापाको कमल गाउँपालिका वडा नं ७ बाह्रघरमा मोटरसाईकलबाट लडेर एक जनाको ज्यान गएको छ ।

पति ५२ बर्षिय तुल्सीराम धिमालले चलाएको मे ११ प १२२९ नम्बरको मोटसाइकलमा सवार पत्नी ज्ञानदेवी धिमालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान साढे ११ बजे भएको सो घट्नामा घाईते भएकी धिमालको उपचारका लागि लाईफलाईन अस्पताल दमक पुरयाउनासाथ चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box