काठमाडौं/मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि उपचारका लागि अस्पतालमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
प्रधानमन्त्री ओली बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित अस्पतालबाट उहाँ डिस्चार्ज हुनुभएको बताउनुभयो ।
त्यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । अस्पतालमा उहाँको मिर्गौलाको नियमित डायलाइसिस समेत हुँदै आएको थियो ।