चिर्पटले हानेर दाजुको हत्या

Author Nishkarsha News
२०७६ मंसिर १९, बिहीबार १०:०५

भोजपुर/ भोजपुरको अरुण गाउँपालिका वडा नं ६ धाउखानीका १८ बर्षीय डिक बहादुर राईले चिर्पटले हनेर आफ्नै दाजुको हत्या गरेका छन् ।

मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको घरमै उपचारको क्रममा बुधवार मृत्यु भएको थियो ।

प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्