काठमाडौं/ रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।
महान्यायाधिवक्ता कार्यालय, नेपाल सरकार र लामिछानेविरुद्ध परेका विभिन्न तीनवटा रिटमाथिको सुनुवाई बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको बेञ्चमा परेको छ ।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा परेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरुको अभियोजन संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेपछि हाल फरार अवस्थामा रहेका जीवी राईको अभियोजनसमेत फिर्ता लिने निर्णय गरिसकेको छ ।
अदालतले रिटलाई प्राथमिकतामा राखेर पेशीको पहिलो सूचीमा राखेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नभएर रवि लामिछानेले सांसदको सपथ खान नपाउने चर्चा चलिरहेका बेला सर्वोच्च अदालतले बुधबार यो रिट पेशीमा चढाएको हो । source- jusnepal