दमक/ दमक र लखनपुरका तीन ओटा लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् ।

लायन्स क्लब अफ दमक स्विट सिटी, सेविका तथा लखनपुरको आयोजनामा दमक र लखनपुरको पाडाजुङ्गीमा संयुक्त रुपमा कार्यक्रम गरिएको हो । सो मध्ये लखनपुरमा ७९ सहित १ सय ५४ पिण्ट रगत संकलन भएको लायन्स क्लब अफ लखनपुरका अध्यक्ष ज्ञाननाथ पौडेलले जानकारी दिनु भयो । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए वान जोन ४, जोन चेयर पर्सन धर्मानन्द भट्टराइले लायन्स क्लबको डीजि सर्भिस सप्ताह अन्तर्गत सेवमुलक कार्यक्रमहरु सञ्चालन भईरहेको जनाउनु भयो ।
