दमक/झापाको दमक –४ का निर्वाचित वडा सदस्य एवम् अगुवा युवा व्यक्तित्व मणिराज धिमालले बुद्धशान्ती गाउँपालिका ४ का एक जना मिर्गौला पीडित विरामीको उपचारका लागि नगद २० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।


२८ बर्षिय नरमान विश्वकर्माको उपचारका लागि नरमान विश्वकर्मा बचाऔं अभियानलाई धिमालले आज सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले अभियानकी सदस्य मुना विश्वकर्मालाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी लक्ष्मी बेराङ सामुदायिक साकोस दमककी लेखापाल कमला विश्वकर्माले पनि सो अभियानमा नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको बताइएको छ ।

Facebook Comments Box