पाँचथर/पाँचथरमा आगोले जलेर थप एक महिलाको मृत्यु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ ओसागुकी ४४ वर्षिया बिर्ख माया आङदेम्बेको आगोले पोलेर मृत्यु भएको हो ।
आज दिउँसो खाना पकाउने चुलोमा एक्कासी घोप्टो परेकी आङदेम्बेको टाउको जलेर मृत्यु भएको परिवारले देखेका हुन् । उनलाई श्रीमानले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीको टोलीले घट्नाबारे थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ । यस अघि सोमबार राती पनि पाँचथरकै फालेलुङ गाउँपालिका–४ मेमेङकी ७० बर्षीय एक बृद्धाको टंकरानी थाम्सुहाङको आगलागीमा मृत्यु भएको थियो । सोमवार राती साढे ११ बजे घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा घर भित्र सुतिरहेकी उनको जलेर मृत्यु भएको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।