दमक/प्रदेश नम्बर १ अन्तर्गतका मोरङ र पाँचथर जिल्लामा आज भएका दुई घट्नामा एक बालिका र एक बृद्धाको ज्यान गएको छ ।
मोरङको उर्लाबारीनगरपालिका–५झुम्राहास्थित भित्री सडकखण्डमा टिफरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएको हो । बिहान साढे ८ बजे उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना८ख७०५३ नम्बरको टिफरले पैदलयात्री स्थानीय जोगिन्दर मण्डलका छोरी वर्ष ४ की राधिका कुमारी मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जलेर बृद्धाको मृत्यु
त्यसैगरी पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङकी ७० बर्षीय एक बृद्धाको टंकरानी थाम्सुहाङको आगलागीबाट मृत्यु भएको छ । सोमवार राती साढे ११ बजे घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा घर भित्र सुतिरहेकी बृद्धाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Facebook Comments Box