दमक/झापाको दमकमा आज नारी विकास संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हिंसा विरुद्धको गोष्ठी सम्पन्न गरेको छ ।

दमकको राधाकृष मन्दिरको सभाकक्षमा आयोजित गोष्ठीमा सहभागीहरुलाई लैंगिक हिंसा, यसका प्रकार, भोग्नु परिरहेका समस्याहरुका साथै हिंसा विरुद्धको अभियान तथा विद्यमान परिमार्जित कानुनहरुका बिषयमा समेत जानकारी गराइएको थियो ।


संघकी उपाध्यक्ष उर्मिला चौलागाइँको अध्यक्षता र दमकमा सञ्चालित सो अभियानकी नगर संयोजक कृतिका भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक देउकुमार लिम्बु, सामुदायिक प्रहरी सेवा केन्द्र दमकका सचिव तथा पूर्व प्रहरी निरिक्षक मोहन बोगटी, जिल्ला समन्वय समिति सदस्य सुशीला अधिकारी, सुनौलो अभियान नेपालकी अध्यक्ष लीला दाहाल, वडा नं ७ की सदस्य गायत्रा लामिछाने, लगायतको विशेष आतिथ्य रहेको संघकी सहसचिव मञ्जु भट्टराई दाहालले जानकारी दिनु भयो । कार्यक्रममा संघकी सल्लाहकार रीता श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहसचिव दाहालले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box