दमक/झापाको शिवसताक्षी ४ सालमारास्थित पाथीभरा आधारभुत विद्यालयका १५० विद्यार्थीलाई सोही विद्यालयका भुत पूर्व विद्यार्थी दिर्घराज प्रसाइँले जाडोमा लगाउन उपयोगी न्यानो कपडा प्रदान गर्नुभएको छ ।

 


प्रसाइँका बुबा आमा तथा परिवारका अभिभावक धर्मप्रसाद र बछला देवीको संयुक्त नाममा स्थापना गरेको धर्म बछला कोषबाट हाल अमेरिकामा रहनु भएका प्रसाइँले जाडोमा लगाउने न्यानो कपडा ( ट्रयाक सुट) प्रदान गर्नुभएको हो । आज आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई ति कपडा हस्तान्तरण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक कुञ्जीबिहारी ताजपुरीयाले जानकारी दिनु भयो ।


शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरलाल ताजपुरीयाको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषका अध्यक्ष हेमराज प्रसाइँसहित दाता परिवारका सदस्यहरु, शिवसताक्षी ४ का वडाध्यक्ष अधिकचन ताजपुरीया, वडा सदस्य सुमनलाल साह लगायतले मन्तव्य राख्नु भएको थियो ।
वक्ताहरुले विद्यालयको स्तरोन्नतीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

Facebook Comments Box