दमक/ पतञ्जली योग दमक नगर समितिले भारतको हरिद्वारबाट मुख्य योग शिक्षकको तालिम सकेर फर्किएका मुख्य योग गुरुहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
दमक-६ स्थित पशुपति साधना केन्द्रको सहकार्यमा भएको उक्त कार्यक्रममा पयोस जिल्ला समिति झापाका उपाध्यक्ष शुशिल निरौलाको प्रमुख आतिथ्यतामा रहेको थियो ।
पतञ्जली योग पिठ हरिद्वारमा यही कार्तिक २१ देखि २७ सम्म सात दिवशिय मुख्य योग शिक्षकहरुको प्रशिक्षण तालिम भएको थियो ।
तालिममा दमक बाट आठ जना योग शिक्षकहरु सहभागी भएका थिए ।
योग शिक्षकहरुलाई पयोस जिल्ला समिति झापाका उपाध्यक्ष शुशिल निरौला र दमक नगर अध्यक्ष दुर्गा प्रसाद भण्डारीले टीका,खादा लगाएर सम्मान गरेका थिए ।
सम्मानित हुने योग गुरुहरुमा धनपति ओडारी,ओमप्रसाद खनाल,उमेश धिमिरे,कुमार खनाल,लक्ष्मी प्रसाद श्रेष्ठ, पुण्यप्रसाद खनाल,रञ्जित बस्नेत र भोला ओझा रहेका छन ।
कार्यक्रममा पयोस दमक नगर समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी,उपाध्यक्ष किरण उप्रेति,पयोस जिल्ला सदस्य धनश्याम प्याकुरेल, जिल्ला सल्लाहाकार हरि पाठक,सम्मानित गुरुहरुको तर्फबाट उमेश धिमीरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पशुपति साधना केन्द्रका संयोजक बिक्रम शाहको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन पयोस नगर कोषाध्यक्ष नन्द कुमार राईले गरेका थिए भने योग गुरु ओमप्रसाद खनाल बाट शान्तिपाठ गरेर कार्यक्रमलाई समापन गरिएको थियो ।