दमक/  झापाको दमकमा क्रियाशील युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व छवि बाँस्कोटाले जन्मदिन आश्रममा रहेका बृद्धबृद्धाहरुसंग मनाउनु भएको छ ।

सामाजिक गतिबिधिहरुमा सक्रिय पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष समेत रहनु भएका बाँस्कोटाले आज परेको आफ्नो जन्मदिनको अवसरमा दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्धाश्रममा रहेका ९ जना बृद्धबृद्धाहरुलाई खाद्यन्न सहयोग गर्नुभएको हो । बाँस्कोटाले आफ्नो जन्मदिन मनाउनका लाग घर परिवार र साथीहरुसंग गरिने खर्चलाई कटौती गरेर आश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।


पहिलो पाइला नेपाल दमक शाखाको संयोजनमा आज आश्रममै आयोजना गरिएको कार्यक्रममा बाँस्कोटाले ५० केजी चामलसहित तरकारी, दाल, चना, मटर तथा अन्य खानेकुराहरु हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनु भएका पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार राजु खड्का, हिमचुली साकोसका व्यवस्थापक एवम् संस्थाका सल्लाहकार छवि घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै आश्रम सञ्चालन गर्ने परिवार र सहयोगी दाताहरुको प्रशंसा गरेका थिए ।

 

Facebook Comments Box