अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सपथ लिनु भएको छ । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राती करीब ९.४० बजे प्रधानमन्त्रीको सपथ गराउनु भएको हो । नवनियुक्त प्रधानमन्त्रीका रुपमा सपथ लिएकी कार्कीलाई राष्ट्रपति पौडेल , उपराष्ट्रपति रामसहाय प्रसाद, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत जेन–जेका प्रतिनिधि यूवाहरुले बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई देश बचाउन शुभकामना दिनु भएको छ ।