दमक/ भाद्र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा झापामा विभिन्न अपराधमा प्रहरी हिरासतमा रहेका जम्मा ९२ जना थुनुवाहरुलाई बाहिर भगाएको तथ्याङक सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय दमकमा रहेका थुनुव भागेका छन् । प्रहरीका अनुसार जघन्य , गम्भिर प्रकृतिाका र अन्य विभिन्न अपराधमा अनुसन्धानका सिलसिलामा प्रहरी नियन्त्रणमा रहेका इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना , इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवाहरु भागेका हुन् ।
आन्दोलनकारीहरुले इलका प्रहरी कार्यालय दमकमा पसेर प्रहरीमाथिनै आक्रमण गर्दै हातहतियार खोसेपछि थुनुवाहरु भगाएका थिए । दमकबाट खोसिएका हतियारहरु बुधबार प्रहरीलाई फिर्ता गरिएपनि फरार भएका थुनुवाहरु सम्पर्कमा आएका छैनन् । आपराधिक क्रियाकलापमा संलग्नहरु बाहिर निस्किएर भागेसँगै दमक र आसपास क्षेत्रमा सुरक्षा चुनौती थप बढेको छ ।