दमक/दमक रवि सडक (फाल्गुनन्द मार्ग ) अन्तरगत इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरे भन्ने ठाउँमा केहि बेर अघि यात्रुबहाक बस पल्टिएको छ । त्यहाँस्थित फोमी भ्यू रेष्टुरेँन्ट नजिकै रविबाट दमक तर्फ यात्रु बोकेर आउँदै गरेको अल्फाबेट नखुलेको ५६८८ नम्बरको बस करीब ११ बजेतिर पल्टिएको बताइएको छ । दुर्घटनामा परी २ जना महिला घाइते भएका र अन्यको अवस्था सामान्य रहेको माङसेबुङ गाउँकार्यपालिका सदस्य सगीता राईले जानकारी दिनु भयो । घाइतेको हात हात भाँचिएको र टाउको फुटेको उहाँले जानकारी दिनु भयो ।
उनीहरूको उपचारका लागि झापाको दमकतर्फ लगिएको भनिएपनि यो समाचार तयार पार्दा सम्म दमकका कुनैपनि अस्पतालमा सो दुर्घट्नाका घाईते ल्याई नसकेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिनु भयो ।