दमकमा आज भएको सरकार विरुद्धको प्रदर्शन लम्बिएको छ । दमक चोकबाट नगरपालिका परिसर तर्फ अघि बढेका प्रदर्शनकारीहरुले नगरपालिकाको प्रवेशद्धारमा तोडफोड र मोटरसाइकलमा आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरुले स्थितीलाई नियन्त्रणमा लिन अश्रुग्याँस र गोली प्रहार गरे पनि स्थिती नियन्त्रणमा आउन सकेको छैन ।
मध्यान्ह १२ बजेपछि प्रदर्शनकारीहरुले उग्ररुपमा प्रदर्शन गर्न थालेपछि प्रतिवादमा अघि बढेको सुरक्षाकर्मीले स्थितीलाई नियन्त्रणमा लिन नसकेको प्रत्यक्षदर्शीहरुको भनाई छ । दिउँसो २ बजे सम्म पनि नगरपालिका गेट अगाडी र आसपास क्षेत्रमा प्रदर्शनकारीहरुको भिडभाड देखिएको छ । त्यहाँँ प्रदर्शनका क्रममा करिब एक दर्जन प्रदर्शनकारी घाईते भएका अनुमान गरिएको छ । घाईतेहरु मध्ये नेकपा माओवादी केन्द्रका दमक नगर अध्यक्ष कूलबहादुर बस्नेत (रवि) समेत छन् । घाईतेहरुको विस्तृत विवरण आएको छैन । उनीहरुको दमक अस्पताल र लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।