काठमाडौं/उपचारमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालको सघन उपचार कक्षा ( आइसीयू) मा रहने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय एपेन्टीक्सको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज शुक्रबार आयोजित पत्रकार सम्मेलन चिकित्सकहरुले यस्तो जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले स्वास्थ्यमा सोचे भन्दा चाँडो र राम्रो सुधार भए पनि अझै कम्तीमा एकसाता अस्पताल नै बस्नुपर्ने जानकारी दिइन् । उहाँको हालै एपेन्डीक्सको शल्यक्रिया भएकाले घाउ निको हुन कम्तीमा १० दिन लाग्ने हुनाले एक सातासम्म आईसियुमै राखेर उपचार गरिने डा. साहले जानकारी दिनु भयो । उहाँलाई कुनैपनि किसिमको संक्रमणबाट जोगाउन अस्पतालमै राख्नुपर्ने निर्णय लिइएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुले एपेन्डिसाइटिस पाकेर पुरै पेटमा संक्रमण फैलिन पुगेकाले नियमित र कडा निगारीमा राख्नुपरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीकैै आग्रहमा उपचारमा संलग्न सबै चिकित्सकहरुको उपस्थितिमा स्वास्थ्यबारे विस्तृत जानकारी गराइएको हो ।