ताप्लेजुङ/ ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं ५ लिम्बुदिनका ५५ बर्षीय जयबहादुर इदिङगो लिम्बुको भीरबाट लडेर मृत्यु भएको छ ।
बिहिबार साँझ ७ बजे लिम्बु आङखोपबाट घरफर्कने क्रममा आङखोपस्थित नाकेडाँडा भिर गोरेटो बाटोमा अचानक लडेर अन्दाजी ६ सय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको परिवारले प्रहरीमा जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले घट्नास्थलमा गई घट्नाबारे अनुसन्धान शुरु गरेको जनाईएको छ ।
त्यसैगरी इलाममा करेन्टले एक जनाको ज्यान लिएको छ । बर्दिया घर भई ईलाम बस्दै आएका २८ बर्षीय बालकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहिबार राती ११ बजे ईलाम नगरपालिका ५ स्थित माईखोला हाईड्रोपावरमा काम गर्ने क्रममा तारसट भई करेन्ट लागेर बेहोस भएका चौधरीको उपचारको क्रममा राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।