दमक/झापामा गएराती जंगली हात्तीले थप एक जनाको ज्यान लिएको छ । कचनकवल गाउँपालिकामा पर्ने साविकको बालुबाडी गाविस क्षेत्रमा पर्ने पाथीभरा सामुदायिक वनका वन हेरालु ५५ बर्षिय काया रायाक्षेत्रीलाई हात्तीले आक्रमण गरी ज्यान लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पुष्टि गरेका छन् । मानव बस्ती र बन क्षेत्रको सिमानामा लगाएको सौर्य विद्युतीय बारको ढोका लगाउन जाँदै गरेका क्षेत्रीलाई जंगलबाट बस्ती पसेको हात्तीले लछारपछार पार्दै आक्रमण गरेको थियो ।

बिहीबार साँझ साढे सात बजेमात्र ढोका लगाउन जाँदा उनलाई हात्तीले आक्रमण गरेर घटनास्थलमै ज्यान लिएको हो । सो घट्ना लगत्तै हात्तीले गाउँमा आतंक मच्चाएको स्थानीयले बताएका छन् । जंगलतर्फ धपाउन विद्युतीय बारका ढोका बन्द गरिएका थिए । ढोका खोल्ने र बन्द गर्ने क्षेत्री सो सामुदायिक बनका एकमात्र तालिम प्राप्त कर्मचारी थिए ।

Facebook Comments Box