दमक/ झापाको दमक र गौरादहबाट जिल्लामा अहिले सम्मकै सबैभन्दा धेरै परिमाणको प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका एक भारतीय र दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।


इलाका प्रहरी कार्यालय दमकमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक दिनेश मैनालीको प्रमुख उपस्थितीमा जिल्ला प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले दमक १ का दिपक भनिने पुण्य बहादुर श्रेष्ठ र गौरादह ३ बरगाछीका सुनिल बराल र भारतको मुरसिदावाद थाना लालगोला पोष्ट घर भएका टुटुल भनिने रिन्टु सेखलाई सार्वजनिक गर्नुभएको हो ।
फरक फरक समयमा गएको कार्तिक अन्तिम सातादेखि हाल सम्म फरक फरक स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट कूल ५०० ग्राम भन्दा बढी ब्राउनसुगरसहित प्रतिबन्धित लागूऔषध र नगद १३ हजार रुपैयाँ, मोवाइल आदि बरामद भएको र उनीहरु बिरुद्ध लागूऔषध ओसारपसार मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख मैनालीले जानकारी दिनु भयो ।


पक्राउ परेका मध्ये श्रेष्ठलाई पाउरोटी बोक्ने झोला भित्र राखेको अवस्थामा १८ एम्पुल डाइजीपाम, १८ एम्पुल फेनारगन र ट्याग नभएको १८ एम्पुलसहि तगत कार्तिक १३ गते पक्राउ गरिएको पत्रकार सम्मेलनमा जनाइयो । त्यसैगरी भारतीय नागरिक सेखलाई कार्तिक २५ गते २ सय १७ ग्राम ६७ मिलिग्राम खैरो हिराइन, एउटा आईफोन र १३ हजार नगदसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो । सेखलाई दमक ४ स्थित भान्जा होटल एउण्ड लजमा कोठा लिएर बसेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गौरादह ३ बरगाछीका बराललाई गत कार्तिक २५ गते हर्लिक्सको बट्टामा राखेर बोकेको ३५२ ग्राम ३१ मिलिग्राम खैरो हिरोइन, एउटा चार चक्के गाडी र एउटा स्कूटरसहित पक्राउ गरिएको प्रहरीको दाबी छ ।

Facebook Comments Box