दमक/ बिर्तामोड नगरपालिका वडा नं. ५ ट्राफिक बिट छेउमा रहेको सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले संचालन गरेको खाजा घरमा तास खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ र १२ बुङ ताससहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड ५ धिमाल चोकका तिर्थराज तामाङ, इलाम देउमाई न.पा. वडा नं. १ बरबोटे घर भई हाल अर्जुनधारा ११ बसपार्क बस्ने कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक गा.पा. वडा नं. २ थेचम्बु घर भई बिर्तामोड ६ स्यालडाँगी बस्ने भुपाल कुमार कटुवाल, पाँचथर हिलिहाङ ८ भारपा घर भई हाल बिर्तामोड ५ किराँत चोक बस्ने मन कुमार कटुवाल, पाँचथर फिदिम ४ थापाटार घर भई हाल बिर्तामोड ५ सगरमाथा टोलका हम बहादुर थापा, धरमपुर गा.वि.स. वडा नं. २ धरमपुर घर भई हाल बिर्तामोड न.पा. वडा नं. ५ बसपार्क बस्ने गोपाल श्रेष्ठ, पाँचथर घर भई हाल झापा बिर्तामोड न.पा. ६ बुट्टाबारी बस्ने सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ गा.पा. वडा नं. ७ धारपा घर भई हाल बिर्तामोड न.पा. वडा नं. ५ बसपार्क बस्ने ध्रुव श्रेष्ठ रहेका छन् । उनीहरुलाई अदालतबाट चार दिनको म्याद थप आदेश लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।