दमक/ झापाको शिवसताक्षीबाट दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शिवसताक्षी ५ का २९ बर्षिय राजेन्द्रकुमार ताजपुरीया र शिवसताक्षी ४ का २१ बर्षिय अशोक ताजपुरीयालाई ८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले लागूऔषध समाजमा डरलाग्दो समस्याका रुपमा देखिएकाले स्थानीय सरकारले समेत यसका विरुद्ध सामाजिक सचेतनाका कार्यक्रमहरु अघि बढाइरहेको बताउनु भयो ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका–६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।