दमक/ झापाको दमक १ सैनिक चोकबाट एक जना नवविवाहित महिला अढाई बर्षिया नाबालिकासहित वेपत्ता भएकी छिन् । सो ठाउँका मनोज साहकी पत्नी २८ बर्षिया शोभाकुमारी साह गत असार ३२ गतेदेखि एकाएक घरबाट वेपत्ता भएकी हुन् ।
मनोजका अनुसार शोभाकुमारीले घरमा कोही कसैलाई जानकारी नगराई आमाबिहिन आफ्नी अढाइ/तीन बर्षकी नाबालिका सुर्बि भनिने निमिसा साहसहित वेपत्ता भएकी हुन् । साह परिवारका अनुसार शोभाकुमारी मनोजकी कान्छी पत्नी हुन् । उनकी पहिलो पत्नीको यस अघि निधन भएपछि मनोजले शोभाकुमारीलाई भारतको बिहारमा पर्ने मजारफारपुरबाट बिबाह गरि ल्याएका थिए । शोभाकुमारीसँगै मनोजकी अघिल्लो पत्नी तर्फकी छोरी निमिसा पनि वेपत्ता छिन् ।
मनोज र शोभाकुमारीबीच ९ महिना अघि विवाह भएको बताइएको छ । सौतेनी छोरीसहित वेपत्ता बनेकी शोभाकुमारीको खोजीका लागि मनोजले गत श्रावण १ गते इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएका छन् । प्रहरी कार्यालयले उनको खोजी भइरहेको जानकारी गराएको छ । वेपत्ता दुवै जनाको तस्वीरसहित सरकारका सम्बन्धित निकायमा विवरण पठाएर खोजतलास गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । साह परिवारले उनलाई भेट्ने देख्ने जो कोहीलाई नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८१४९१४७२५ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।