उपभोक्ताको सहभागितामा बनेको सडक कालोपत्रे अनुगमन

Author Nishkarsha News
२०७६ मंसिर १०, मंगलवार १७:२४

दमक/झापा दमक ४ चिया बगान नजिकै स्थानीय उपभोक्ताहरु समेतको सहभागितामा ओम देवका खनाल मार्ग कालोपत्रे गरिएको छ ।

नगरपालिकाको ७५ लाख रुपैयाँ र उपभोक्ताको ४० प्रतिशत लागत सहभागितामा सो सडक कालोपत्रे गरिएको सो वडाका निर्वाचित वडा सदस्य मणिराज धिमालले जानकारी दिनु भयो । टि आकारको सो सडकको कूल लम्बाई करीब सवा एक किलोमिटर हुने धिमालले जनाउनु भयो ।

सो सडकको आज दमक नगरपालिकाकी योजना अनुगमन समिति संयोजक समेत रहनु भएकी उपमेयर गीता अधिकारी नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा निरिक्षण गरेको छ । यस अघि सो सडकको दुवै किनारमा ड्रेन निर्माण भईसकेको छ । सडकको कालोपत्रे अन्तिम चरणमा पुगेको र भोली सम्ममा पूरा हुने जनाइएको छ । सो योजना सम्पन्न गर्न स्थानीय विमल निरौलाको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्